झुट्टा विवरण पेश गरी नेपाली नागरिकता लिने २ जना पक्राउ « Nagarik Khabar

झुट्टा विवरण पेश गरी नेपाली नागरिकता लिने २ जना पक्राउ



पर्सा । झुट्टा विवरण पेश गरी नेपाली नागरिकता लिने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालई बुधबार दिउँसो वीरगंज महानगरपालिका-१३ बाट प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा बहुदरमाई नगरपालिका-२ बस्ने ५१ वर्षीय धुरुप प्रसाद पटेल र सोही ठाउँ बस्ने भारत घर भएकी २८ वर्षीया कविता कुमारी भन्ने सीता पटेल रहेका छन् ।

भारतीय नागरिक सीता पटेलले कविता कुमारीको नामबाट झुट्टा विवरण पेश गरी जिल्ला प्रशासन कार्यालय पर्साबाट नेपाली नागरिकताको प्रमाणपत्र लिने उनीहरूलाई प्रहरीले पक्राउ गरेकाे हाे ।

वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीले सिताको साथबाट धुरुप प्रसाद पटेलको छोरी कविता कुमारीको नाममा जिल्ला प्रशासन कार्यालय पर्साबाट २०७० पुस ११ गते जारी भएको नागरिकता प्रमाण पत्र नम्बर ३४-०१-७०-१०३५२ को नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि फेला पारी सिता र उक्त नागरिकता बनाउन बुवा बनी सनाखत गरिदिने धुरुप प्रसादलाई समेत पक्राउ गरेको हो ।

उनीहरु उपर नागरिकता सम्बन्धी कसूरमा जिल्ला अदालत पर्साबाट ७ दिन म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: