अब कृतिम मुटु बिक्रीमा, यसरी गर्छ यसले काम « Nagarik Khabar

अब कृतिम मुटु बिक्रीमा, यसरी गर्छ यसले काम



एजेन्सी । इटालीको मोनार्डी अस्पतालमा बिरामीलाई कृतिम मुटु प्रत्यारोपण गरिँदैछ । ५६ वर्षका ती बिरामी मुटु प्रत्यारोपणको पर्खाइमा थिए । उनको बाँच्ने इच्छा मरिसकेको थियो । मुटु चिकित्सक किरो मायलोले उनको शल्यक्रिया गरे । यो पहिलो पटक कृतिम मुटु बेचिएको घटना हो । फ्रान्सको कम्पनी कार्डमार्टले यसप्रकारको कृतिम मुटु बनाएको छ ।

यो कृतिम मुटु हेर्दा मानिसको वास्तविक मुटु जस्तै देखिन्छ । यसका तीन भाग छन् । यसमा दुई सानासाना पम्पसँग मिलेर एक मोटर पम्प छ । यसका साथै यसमा दुई भेन्ट्रिकल च्याम्बर रहेको हुन्छ । ती झिल्लीका माध्यमले दुई भागमा बाँडिएका छन् । यस मध्ये एक रगतका लागि हो भने अर्को गति दिने तरलका लागि हो । यसका साथै इलेक्ट्रोनिक माइक्रोप्रोसेसर सेन्सर पनि हुन्छन् । ती मानिसको आवश्यकता अनुसार काम गर्दछन् । यसपछि बाहिरीरुपमा एक लचिलो ब्याग हुन्छ । त्यसमा गति दिने तरल राखिएको हुन्छ । चार जैविक भल्ब रगतको नलीको प्रवाहलाई नियन्त्रण गर्दछन् । यसमा फेरि दुई निकाश नली हुन्छ । ती नलीले मुटुलाई धमनीसँग जोड्छन् ।

सन् २००८ मा पहिलो पटक कम्पनीले यो कृतिम मुटु बनाएको थियो । त्यसपछि यसलाई विभिन्न स्थानहरुमा मुटुका बिरामीमाथि यसलाई परीक्षण भइरहेको छ । डिसेम्बर २०२० मा कम्पनीलाई युरोपियन सी मार्किङ दिइयो र यसलाई प्रत्यारोपणको अनुमति दिइयो । पहिलो मुटु बेचेपछि अन्य देशहरुबाट पनि बिरामीहरु उसले बनाएका मुटु किन्न आउने आशा कम्पनीले गरेको छ । खास गरेर फ्रान्स र जर्मनीबाट मुटु किन्ने मान्छेहरु आउने ठानिएको छ । यसै महिना कम्पनीले अमेरिकामा पनि पहिलो कृतिम मुटु प्रत्यारोण गर्ने घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: