मुसा पाल्न पनि सरकारको अनुमति आवश्यक « Nagarik Khabar

मुसा पाल्न पनि सरकारको अनुमति आवश्यक



एजेन्सी । संसारमा विभिन्न देशहरुमा आ–आफ्नै नियमहरु छन् । बेग्लै नियम र व्यवस्था सहितका आफ्नै पहिचान पनि छन् । यस्तैमा क्यानाडा पनि यस्तो देश हो जसका आफ्नै विशेषताहरु छन् । यो देश ४० प्रतिशत भू–भाग जंगलले घेरिएको छ । क्यानाडाको कुनै भागमा गुरुत्वाकर्षणको स्तर अन्य दोस्रो भागका तुलनामा धेरै नै कम छ ।

क्यानाडामा धेरै नै चिसो हुन्छ । धेरै चिसो भएका कारण यहाँको समुद्रको पानी जम्ने गर्दछ । समुन्द्रको पानी जमेपछि मानिसहरु यहाँ आइस हकी खेलेर रमाइलो गर्ने गर्दछन् । क्यानाडालाई तालहरुको देश पनि भनिन्छ । यहाँ धेरै ताल तलैया रहेका छन् । यही तालहरुका कारण क्यानाडाको पानी मिनरल वाटर भन्दा पनि सफा मानिन्छ ।

क्यानाडामा ७ हजार ८ सय २१ किलोमिटर ट्रान्स–क्यानाडा हाइवे छ । यसलाई संसारकै सबैभन्दा लामो राजमार्ग मध्ये एकमा गन्न सकिन्छ । यो हाइवे अन्तरमहादेश संघीय–प्रान्तिय राजमार्ग हो । यो एटलाण्टिक महासागर हुँदै प्रशान्त महासागरसम्म र क्यानाडाका सबै दश प्रान्तसम्म छुने गर्दछ ।

क्यानाडामा मुसा पाल्न धेरै नै गाह्रा काम हो । यहाँ मुसा पाल्नका लागि सरकारसँग अनुमति लिनु पर्दछ । यहाँ जिउँदा मुसा बेच्न र मार्न गैरकानूनी मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: