ललितपुरमा ४५ बर्ष माथिकालाई कोरोना खोप लगाइँदै « Nagarik Khabar

ललितपुरमा ४५ बर्ष माथिकालाई कोरोना खोप लगाइँदै



काठमाडौं । ललितपुर महानगरपालिकामा आजदेखि कोरोना भाइरस (कोभिड(१९) विरुद्धको चिनियाँ भेरोसेल खोप लगाइँदैछ ।

महानगरपालिका भित्रका ४५ वर्षमाथिका सबै नागरिकलाई आइतबारसम्म खोप लगाउने कार्यक्रम रहेको महानगरले जनाएको छ ।

खोप कार्यक्रम महानगरका २९ वटै वडा कार्यालयमा सञ्चालन हुनेछन् ।

खोप लगाउन आफ्नो वडा कार्यालयमा सम्पर्क गर्न महानगरपालिकाले नगरबासीलाई सूचना जारी गरेको छ ।

यसकासाथै, भेरोसेल खोप लगाउने कार्यक्रम सकिएको भोलिपल्ट यही साउन १८ गते सोमबारदेखि जोनसन एण्ड जोनसन कम्पनीको जान्सेन एण्ड जान्सेन खोप लगाउने कार्यक्रम सुरु गरिने ललितपुर महानगरपालिकाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: