प्रहरी हिरासतमा थुनुवाले गरे आत्महत्या « Nagarik Khabar

प्रहरी हिरासतमा थुनुवाले गरे आत्महत्या



धनुषा । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा एकजना थुनुवाले आत्महत्या गरेका छन् ।

शुक्रबार बिहान ती थुनुवाले आत्महत्या गरेका हुन् । थुनुवा कक्षको शौचालयमा आत्महत्या गरेको बताइएको छ । लक्ष्मीनियाँ गाउँपालिका घर भएका थुनुवा पल्टु रविदासले आत्महत्या गरेको धनुषाका प्रहरी उपरीक्षक प्रकाश राणाभाटले जानकारी दिए ।

उनी केहीदिन अगाडि घरयासी विवाद हुँदा कुटपिट तथा अंगभंग मुद्दामा पक्राउ परेका थिए । एसपी भाटकाअनुसार रविदास आफूले लगाउने गञ्जी च्यातेर पासो बनाइ भेन्टिलेटरमा झुन्डिएका थिए ।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: