उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिने आयोगको निर्णयविरुद्ध महन्थ ठाकुर सर्वोच्चमा « Nagarik Khabar

उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिने आयोगको निर्णयविरुद्ध महन्थ ठाकुर सर्वोच्चमा



काठमाडौं । निर्वाचन आयोगको फैसलाविरुद्ध महन्थ ठाकुर सर्वोच्च अदालत पुगेका छन् । जनता समाजवादी पार्टीको आधिकारिकता विवादमा आयोगको फैसलाविरुद्ध ठाकुर सर्वोच्चमा पुगेका हुन् ।

उपेन्द्र यादव समूहलाई जसपाको आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय बदर गर्न माग गर्दै महन्थ सर्वोच्च पुगेका छन् । सर्वोच्च अदालत स्रोतका अनुसार ठाकुरले बिहीबार नै निर्वाचन आयोगविरुद्ध रिट दर्ता गराएको हो ।

यसअघि नै महन्थ ठाकुरले साउन ८ गते हेड काउण्ट रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए । तर उक्त रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी नगरेपछि निर्वाचन आयोगले जसपाको आधिकारिकता हेड काउण्टका आधारमा उपेन्द्र यादव समूहलाई दिएको थियो । त्यही निर्णयविरुद्ध महन्थ बिहीबार सर्वोचच अदालत पुगेका थिए । उक्त रिटको पेसी साउन १७ गते आइतबारलाई तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: