राष्ट्रिय गौरवको आयोजनामा स्पष्ट मापदण्ड तयार गर्न सरकारलाई सरोकार समितिको निर्देशन (भिडियाे) « Nagarik Khabar

राष्ट्रिय गौरवको आयोजनामा स्पष्ट मापदण्ड तयार गर्न सरकारलाई सरोकार समितिको निर्देशन (भिडियाे)



काठमाडौं । राष्ट्रिय सराकार तथा समन्वय समितिले राष्ट्रिय गौरवको आयोजनाको स्रोत सुनिश्चितता र कार्यविधी सञ्चालनको स्पष्ट मापदण्ड तय गर्न सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले राष्ट्रिय गौरवको आयोजनामा स्रोत सुनिश्चितता र कार्यविधी अस्पष्ट हुदा समस्या देखिएको भन्दै स्पष्ट मापदण्ड तय गर्न सरकारलाई निर्देशन दिएको हो । त्यस्तै बैठकले बाढीका कारण मेलम्ची खानेपानी आयोजनामा क्षतीको मूल्याङ्कन निकाली तत्काल पुर्ननिर्माणमा जान पनि खानेपानी मन्त्रालयलाई निर्देशन दिएको छ ।

त्यीर्त आयोजनाको प्रत्यक्ष सरोकार राख्ने निकायबीच प्रभावकारी समन्वय र सहकार्यको अभाव देखिएको भन्दै आवश्यक समन्वय गर्न खानेपानी मन्त्रालयलाई निर्देशन दिइएको समिति सभापति दिल कुमारी रावलले जानकारी दिए । बैठकले आयोजना कार्यान्वयन निर्देशनालय र केयुकेलबीचको संरचनात्मक संरचनालाई व्यवस्थीत गर्न पनि खानेपानी मन्त्रालयलाई निर्देशन दिइएको सभापति रावलले बताउनुभयो ।

बैठकमा मेलम्ची खानेपानी आयोजनाका प्रतिनिधिहरुले क्षतिग्रस्त मेलम्ची आयोजनाको मर्मत गर्न केहि समय लाग्ने जानकारी दिएका थिए । उनीहरुले काठमाडौबासीलाई नियमित खानेपानी उपलव्ध गराउन बिभिन्न बिकल्पमा छलफल भइरहेको पनि बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: