पूर्वयुवराज पारस शाहले गरे सडकमै बबाल, प्रहरीसँग हात हालाहाल (भिडियो) « Nagarik Khabar

पूर्वयुवराज पारस शाहले गरे सडकमै बबाल, प्रहरीसँग हात हालाहाल (भिडियो)



काठमाडौं । पूर्वयुवराज पारस शाहले काठमाडौंको महाराजगञ्जस्थित सडकमा प्रहरीसँग झगडा गरेका छन् ।

हेलमेट नलगाई सडकमा मोटरसाइकल लिएर हिडेको अवस्थामा प्रहरीले पारसलाई रोकेका थिए । उनलाई प्रहरीले हेल्मेट लगाएर हिड्नु भनेपछि पारसले उल्टै प्रहरीलाई थर्काएका थिए ।

शुक्रबार साँझ ७ः३० बजे उनले महाराजगञ्ज चोक नजिकै प्रहरीसँग झगडा गरेको भिडियो अहिले भाइरल बनेको छ ।

प्रहरीले पारसको हातमा समातेर तान्दै गरेको र पारसले बारम्बार जान्न भन्दै प्रहरीलाई थर्काएको भिडियोमा देख्न सकिन्छ ।

डिउटीमा रहेका प्रहरीले वाकीटकीमा पारसले रक्सी खाएर हेल्मेट नलगाई हिडेकोले छिटो गाडी पठाउन भनेका छन् ।

पारशका समर्थकहरुको भिड बढ्दै गएपछि प्रहरीबाट छुटाएर पारसकै पक्षमा हुटिङ गर्दै हिडेका छन् ।

महानगरीय प्रहरी कार्यालयका प्रमुख एआइजी हरिबहादुर पालले हेल्मेट नलगाई हिडेपछि ट्राफिक प्रहरीले रोकेको र केहीबेर गलफत्ती भएको जानकारी दिए । पारस पक्राउ नपरेकाे उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: