बिचौलियाका कारण बाँदरको घाउ झैं द्वन्द्वपीडितका मुद्दाः डा. भट्टराई « Nagarik Khabar

बिचौलियाका कारण बाँदरको घाउ झैं द्वन्द्वपीडितका मुद्दाः डा. भट्टराई



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का नेता डा. बाबुराम भट्टराईले विचौलियाका कारण बाँदरको घाउ झैं द्वन्द्वपीडितका मुद्धा कहिल्यै नसल्टिने देखिएको बताएका छन् ।

उनले शुक्रबार राति ट्वीट गर्दै आफूले सत्यनिरूपण तथा मेलमिलाप आयोगका प्रमुख गणेशदत्त भट्टसँग भेटेर कुराकानी गर्दा यस्तो आभाष भएको बताएका हुन् ।

उनले द्वन्दपीडितका मुद्दा सरोकार पक्षले भने उपेक्षा गर्ने गरेको बताएका छन् । उनले आफ्नो पार्टी सम्लग्न रहेको गठबन्धनको सरकारको पालामा पनि नटुङ्गिए आफूहरु कसैलाई पनि इतिहासले क्षमा नगर्ने बताएका छन् ।

डा. भट्टराईले गरेको ट्वीटः–

फाेटाेः डा. बाबुराम भट्टराईकाे फेसबुकबाट

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: