स्वास्थ्य पत्रकार मञ्चलाई कोभिड किट सहयोग « Nagarik Khabar

स्वास्थ्य पत्रकार मञ्चलाई कोभिड किट सहयोग



काठमाडौं । एसोसिएसन अफ इन्टर नेसनल एनजीओज इन नेपाल (एआईएन) ले स्वास्थ्य पत्रकार मञ्च नेपाललाई कोभिड किट सहयोग गरेको छ । कोभिडविरुद्ध अग्रपंक्तिमा खटिएका स्वास्थ्य पत्रकारको सुरक्षाका लागि एआईएनले साढे ३ लाखभन्दा बढीको स्वास्थ्य सामग्री सहयोग गरेको हो ।

राजधानीमा शुक्रबार आयोजित कार्यक्रममा एआईएन अध्यक्ष डा. सुशील कोइरालाले मञ्च अध्यक्ष रामप्रसाद न्यौपानेलाई सामग्री हस्तान्तरण गरे । सोही अवसरमा एआईएन अध्यक्ष डा. कोइरालाले कोभिड महामारी सुरु भएयता अग्रपंक्तिमा खटिएका स्वास्थ्य पत्रकारको सुरक्षाका लागि एआईएनमा आवद्ध विभिन्न संस्थाले कोभिड किटका रूपमा स्वास्थ्य सामग्री उपलब्ध गराएको जानकारी दिए ।

आगामी दिन मञ्चसँग स्वास्थ्य विषयमा सहकार्य गरी अघि बढ्ने जानकारी पनि उनले दिए । मञ्च अध्यक्ष न्यौपानेले कोभिड महामारीका बेला संक्रमण जोखिम नभनी दिनरात फिल्डमा खटिने स्वास्थ्य पत्रकारको चिन्ता लिँदै सामग्री सहयोग गरेकोमा धन्यवाद दिए ।

एआईएनले उपलव्ध गराएको कोभिड किटमा सर्जिकल तथा एन– ९५ मास्क, डिजिटल थर्मोमिटर, अक्सिमिटर, ह्याण्ड स्यानिटाइजर, फेससिल्ड, साबुनलगायत सामग्री छन् । यी स्वास्थ्य सामग्री फिल्डमा खटिएका सबै स्वास्थ्य पत्रकारलाई वितरण गरिने जनाएको छ । समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: