चिम्पू र चम्पालाई जाउलाखेल चिडियाखानामा हेर्न पाइने « Nagarik Khabar

चिम्पू र चम्पालाई जाउलाखेल चिडियाखानामा हेर्न पाइने



काठमाडौं । काठमाडौंको जावलाखेलस्थित सदर चिडियाखानामा राखिएका नाइजेरियाका चिम्पू र चम्पा नामका चिम्पान्जीलाई फिर्ता नपठाइने भएको छ । उनीहरुलाई नाइजेरिया फिर्ता पठाउन आवश्यक प्रमाण नपुगेकाले यस्तो निर्णय लिइउको संरक्षण अधिकारीहरुले बताएका छन्।

सन् २०१८ मा नाइजिरियाबाट टर्की हुँदै तस्करले ती चिम्पान्जीलाई नेपाल ल्याएका थिए।

तर आवश्यक प्रमाण नपुगेकोले नयाँ खोर बनाएर जावलाखेलस्थित चिडियाखाना मै प्रदर्शनीमा राख्ने योजना बनाइएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ।

फेला पर्दा साढे तीन केजीको चिम्पू र चार किलोकी चम्पा अहिले क्रमशः १७ र १९ किलोका भएका छन्। पहिला निकै बिरामी पर्ने उनीहरू अहिले स्वस्थ छन्।

उद्‌धार गरिएका वन्यजन्तुलाई सम्बन्धित मुलुकमै फिर्ता गरिनुपर्ने भए पनि प्रमाणका कारण नेपालमै राखिने भएपछि उनीहरूको रेखदेख गर्दै आएका रामकाजी पहरीले पनि निकै खुसी व्यक्त गरे। चिम्पु र चम्पाप्रति अगाध माया ब्यक्त गर्दै पहरीले भने, ‘चिम्पु र चम्पालाई सुरुदेखि मैले नै स्याहार गर्दै आएको छु । यीनीहरुलाई जस्तो स्याहार सुसार त आफ्नै छोराछोरीलाई पनि गरिएन होला ।’

गुफा, हाँगाबिँगा, पानीसहितको वातानुकूलित खोर बनाउन निर्धारित समयमा आवश्यक बजेट निकासा भएमा झन्डै एक वर्षभित्र ती चिम्पान्जीहरुलाई प्रदर्शनीमा राखिने बिबिसीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: