सरकारले सबै नागरिकलाई खोप उपलब्ध गराउँछ : निधि « Nagarik Khabar

सरकारले सबै नागरिकलाई खोप उपलब्ध गराउँछ : निधि



काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारले सबै नागरिकलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन सम्पूर्ण शक्ति परिचालन गरेको दाबी गरेका छन् ।

उपसभापति निधिले जहाँबाट ल्याएर भए पनि आम जनतालाई कोरोना खोपको व्यवस्था गर्न सरकार प्रतिबद्ध भएर लागि परेको बताएका हुन् ।

शनिबार काठमाडौंको त्रिपुरेश्वरमा स्थापना गरिएको ‘नवरत्न आयुर हेल्थ केयर एन्ड रिसर्च सेन्टर’को उद्घाटन गर्दै उनले प्रधानमन्त्री शेर बहादुर देउवा नेतृत्वको वर्तमान सरकारले कोरोनाविरुद्धको खोपलाई बढी प्राथमिकता दिएको पनि बताए ।

“खोपलाई सरकारले सबैभन्दा बढी प्राथमिकता दिएको छ । अहिले खोपको व्यवस्थापनमा सरकारले सम्पूर्ण शक्ति लगाएको छ । सरकारले जहाँबाट ल्याएर भएपनि नेपाली जनतालाई खोप उपलब्ध गराउँछौँ भनिरहेको छ,” उनले भने ।

उपसभापति निधिले कोरोनाको तेस्रो लहर आउन नदिन पनि सरकार आवश्यक तयारीमा लागि परेको बताए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: