उपत्यकामा थप ७७५ जना संक्रमित « Nagarik Khabar

उपत्यकामा थप ७७५ जना संक्रमित




काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो अवधिमा १३ हजार ५१९ वटा स्वाब नमुनाको परीक्षण गर्दा देशभर तीन हजार १०६ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यसमध्ये काठमाडौं उपत्यकामा मात्रै ७७५ संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा थपिएका संक्रमितमा काठमाडौंमा मात्रै ५१७ जना छन् । यस्तै, ललितपुरमा १६४ र भक्तपुरमा ९४ संक्रमित थपिएका हुन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाका कारण देशभर २३ जनाको मृत्यु पुष्टि भएको छ । यस्तै, पछिल्लो २४ घण्टामा देशभर एक हजार ९१६ जना निको भएको तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: