पारस शाहलाई उन्मुक्ति, सुन्तले दमाईमाथि चाहिँ प्रहरी ज्यादति ? « Nagarik Khabar

पारस शाहलाई उन्मुक्ति, सुन्तले दमाईमाथि चाहिँ प्रहरी ज्यादति ?



काठमाडौं । नेपालमा जनताको जिउधनको सुरक्षा गर्ने जिम्मा लिएको प्रहरीबाटै सर्वसाधारण कुटिएको घटना नौलो होइन । यस्ता कतिपय घट्ना ‘ठूलालाई चैन, सानालाई ऐन’ भन्ने उखान काफी छ ।

हिजो शुक्रबार राति मात्रै काठमाडौंमा रक्सी पिएर हेल्मेट समेत नलगाई हिड्ने पूर्वयुवराज पारस शाहलाई प्रहरीले सम्झाएर पठाए । तर कवाड सामान उठाएर खानेमाथि भने प्रहरीले ज्यादती गरेको पाइएको छ । सडकमा कवाड संकलन गरेर गुजारा चलाउने सुन्तले दमाई ट्राफिक प्रहरीबाट कुटिएका छन् ।

मादक पदार्थ सेवन गरेर हेल्मेट समेत नलगाई मोटरसाइकल चलाएर ट्राफिक नियम उल्लंघन गर्ने पारश शाहलाई उम्मुक्ति दिने पनि प्रहरी नै हुन् । सुन्तले दमाईमाथि निर्घात कुटपिट गर्ने पनि प्रहरी नै ।

ट्राफिक नियम उल्लंघन गर्ने पारश शाह हुन्त र उनलाई सम्झाएर पठाउने काम काठमाडौंमा भयो । सुर्खेतमा कवाड उठाएर जीविकोपार्जन गर्ने सुन्तले दमाई भने निर्घात कुटिएका छन् ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर बजारमा प्लाष्टिक, फलामलगायतका कवाडी सामानहरु संकलन गरेर सुन्तले दैनिकी चलाउँछन् । उनीसँग बस्नलाई घर नभएकाले सडकपेटी, चौतारी र प्रतिक्षालयमा रात बिताउने गरेका उनलाई प्रहरीले कुटेका हुन् ।

बिहीबार वीरेन्द्रनगरको बीच बजारमा फलामका टुक्राहरु संकलन गर्दै गरेका उनीमाथि नजिकै रहेका ट्राफिक प्रहरी खिम केसीले कुटपिट गरेका छन् ।

यो पनि

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: