कागुनले १५ प्रतिशतसम्म मधुमेह कम गर्ने रिसर्चको दाबी « Nagarik Khabar

कागुनले १५ प्रतिशतसम्म मधुमेह कम गर्ने रिसर्चको दाबी



एजेन्सी । कागुनको सेवनले टाइप–२ डाइबिटिजको खतरा कम गर्ने र शरीरमा ब्लड सुृगरको स्तर पनि नियन्त्रण गर्ने एक अनुसन्धानको रिपोर्टमा बताइएको छ । कागुनको सेवन गर्ने मानिस स्वस्थ हुने र बिरामी कम हुने पनि रिपोर्टमा उल्लेख छ ।

इन्टरनेशनल क्रप्स रिसर्च इन्टिट्यूट फर द सेमी एसिड ट्रपिकले आफ्नो हालैको रिसर्चमा यो दाबी गरेको हो । ‘फ्रन्टियर्स इन न्यूट्रिशन’ जर्नलमा प्रकाशित रिसर्चका अनुसार कागुनले ब्लड सुगर लेबल १२ देखि १५ प्रतिशतसम्म कम गराउँदछ ।

वैज्ञानिकहरुले कागुनको औषत ग्लाइसिमिक इन्डेक्स ५२.७ रहेको र यो चामल र रिफाइन्ड गहुँको तुलनामा ३० प्रतिशतसम्म कम हुने बताएका छन् । कुनै पनि चीजको ग्लाइसिमिक इन्डेक्सबाट उक्त चीजमा कति ब्लड सुगर लेवल बढाउन र कति समय लाग्ने भन्ने हुन्छ । त्यसकारण चामल, गहुँ, मकैको ग्लाइसीमिक इन्डेक्स कागुनको तुलनामा बढी हुने हुनाले यिनमा ब्लड सुगरको खतरा बढी हुन्छ ।

हालै एक जर्नल पब्लिस ग्लोबल बर्डन अफ डिजिजको रिपोर्टमा सन् १९९० देखि २००६को बीचमा डायबिटिज संसारका हरेक भू–भागमा बढिरहेको छ । त्यसमा ठूला देशहरु चीन, अमेरिका, भारतमा यो झनै धेरै छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: