माओवादी केन्द्रबाट मन्त्री बन्नेहरुको नामावलीमा व्यापक छलफल « Nagarik Khabar

माओवादी केन्द्रबाट मन्त्री बन्नेहरुको नामावलीमा व्यापक छलफल



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा सोमबारसम्ममा मन्त्रिपरिषद विस्तार गर्ने तयारीमा छन् । मन्त्रीपरिषद विस्तारका लागि अहिले सत्तारुढ गठबन्धनमा आन्तरिक गृहकार्य भइरहेको छ ।

माओवादी केन्द्रले पनि आफूले पाउने ७ मन्त्रालयका लागि मन्त्री टुंगो लगाउन स्थायी समिति बैठक राखेको छ । पार्टी कार्यालय पेरिसडाँडामा राखिएको बैठकमा मन्त्रीको नाम टुंगो लगाउने विषयमा छलफल भइरहेको छ ।

मन्त्री बन्नका लागि धेरै सांसद इच्छुक देखिएपछि अहिले नेतृत्व तनावमा छन् । यसअघि नै अध्यक्ष पुष्कमल दाहाल प्रचण्डले माओवादीमा मन्त्री बन्नेहरुको दवावले आफू तनावमा रहेको बताएका थिए ।

आज बिहान मात्र मन्त्रीहरुको नामबारे छलफल गर्न पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठको निवास हरिसिद्धिमा प्रचण्ड लगायतका नेताहरु पुगेका थिए ।

बैठकमा सहभागी एक नेताका अनुसार, मन्त्रीको सम्भावित नामहरुबारे चर्चा गरिएको थियो । देवेन्द्र पौडेल, हितमान तामाङ, शशी श्रेष्ठ, अञ्जना विसंखे, सुरेन्द्रकुमार राई लगायत सांसदलाई मन्त्री बनाउने बारेमा छलफल भएको थियो ।

बैठकमा क्षेत्र, भूगोल, जाति, विभिन्न गुट उपगुट लगायतबाट समेत प्रतिनिधित्व मिलाउने गरी सबैलाई समेट्ने गरी नाम प्रस्ताव गरिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: