मन्त्रीको टुंगो लगाउन माओवादी केन्द्रको बैठक भोलि बस्ने (भिडियो) « Nagarik Khabar

मन्त्रीको टुंगो लगाउन माओवादी केन्द्रको बैठक भोलि बस्ने (भिडियो)



काठमाडौं । नेकपा माओवादी केन्द्रको भोलि बस्ने स्थायी समिति बैठकले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाउने भएको छ ।

आज बसेको स्थायी समिति बैठकले मन्त्रीहरुको नाम टुंगो लगाउन सकेन । पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले भोलि दिनको ३ बजे बस्ने बैठकले मन्त्रीको टुंगो लगाउने बताए ।

बैठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार गठनबारे सत्तागठबन्धनमा रहेका दलहरुसँग छुट्टाछुट्टै र सामूहिक भेटवार्ता गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: