प्रचण्डले भने- ‘माधव नेपाल समूह एमालेमा जाने देखिन्छ’ « Nagarik Khabar

प्रचण्डले भने- ‘माधव नेपाल समूह एमालेमा जाने देखिन्छ’



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमलेका माधव नेपाल समूह सरकारमा नजाने भएको बताएका छन् ।

पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा आइतबार बसेको स्थायी कमिटी बैठकमा प्रचण्डले माधव समूह सरकारमा नआउने विश्लेषण सुनाएका हुन् । अब मन्त्रालय भागवण्डाबारे फेरि छलफल गर्नुपर्ने भएकाले मन्त्रिपरिषद् विस्तारमा केही दिन लाग्ने प्रचण्डले बताएका हन् ।

बैठकमा अध्यक्ष प्रचण्डले पछिल्लो राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गर्दै नेता माधवकुमार नेपाल समूह पार्टी एकतामा जाने देखिएको उनले ब्रिफिङ गरेका हुन् ।

एक स्थायी कमिटीका सदस्यका अनुसार ‘अब यो विषयमा शेरबहादुरजी र उपेन्द्रजीहरुसँग छलफल गर्नुपर्ने भयो’, बैठकमा प्रचण्डले भने । प्रचण्डले भोलि ३ बजे स्थायी कमिटीको अर्को बैठक राखेका छन् ।

यो पनि

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: