थप २,५६८ जना कोरोना संक्रमित, १८ जनाको मृत्‍यु « Nagarik Khabar

थप २,५६८ जना कोरोना संक्रमित, १८ जनाको मृत्‍यु



काठमाडौं । नेपालमा आइतबार थप २ हजार ५ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ८ हजार ४ सय २ पिसिआर परिक्षणका क्रममा १ हजार ९ सय ८१ र ४ हजार २ सय ३४ एन्टीजेन परिक्षणका क्रममा ५८७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ५९ हजार ३०७ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १८ जनाको मृत्यु भएको छ ।

हालसम्म नेपालमा ९ हजार ८ सय ७५ जनाले कोरोनाका कारण ज्यान गुमाएमा छन् । त्यस्तै थप २ हजार २० संक्रमित निको हुँदा हालसम्म नेपालमा ६ लाख ५६ हजार १९७ जना कोरोना मुक्त भएका छन् । हाल नेपालमा ३१ हजार २९८ सक्रिय संक्रमित आइशोलेशन र ३७५ जना क्वारेन्टाइनमा छन् ।

हालसम्म नेपालमा ३६ लाख ११ हजार ८६७ वटा पिसिआर र ३ लाख २२ हजार ६०१ वटा एन्टीजेन परिक्षण भएको मन्त्रालयले जनाएको छ ।

उपत्यकामा थप आठ सय ५१ जना संक्रमित
काठमाडौं उपत्यकामा थप आठ सय ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार दिएको जानकारीका अनुसार उपत्यकामा आठ सय ५१ जना संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार काठमाडौंमा मात्रै पाँच सय ९४ जना नयाँ संक्रमित थपिएका छन् । ललितपुरमा एक सय ६६ र भक्तपुरमा ९१ जना संक्रमित थपिएको छ ।

उपत्यकामा आठ हजार सात सय ८७ जना सक्रिय संक्रमित छन् । काठमाडौंमा छ हजार ९८, ललितपुरमा एक हजार पाँच सय ६४ र भक्तपुरमा एक हजार एक सय २५ जना सक्रिय संक्रमित छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: