उपत्यकामा थप आठ सय ५१ जना संक्रमित « Nagarik Khabar

उपत्यकामा थप आठ सय ५१ जना संक्रमित



काठमाडौं । काठमाडौं उपत्यकामा थप आठ सय ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार दिएको जानकारीका अनुसार उपत्यकामा आठ सय ५१ जना संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार काठमाडौंमा मात्रै पाँच सय ९४ जना नयाँ संक्रमित थपिएका छन् । ललितपुरमा एक सय ६६ र भक्तपुरमा ९१ जना संक्रमित थपिएको छ ।

उपत्यकामा आठ हजार सात सय ८७ जना सक्रिय संक्रमित छन् । काठमाडौंमा छ हजार ९८, ललितपुरमा एक हजार पाँच सय ६४ र भक्तपुरमा एक हजार एक सय २५ जना सक्रिय संक्रमित छन् ।

यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप दुई हजार पाँच सय ६८ जनामा कोरोना पुष्टि भएको हो। १२ हजार छ सय ३६ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएको हो ।

यसको संक्रमणबाट थप १८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट नौ हजार आठ सय ७५ पुगेको छ । त्यस्तै दुई हजार २० जना निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: