एमालेको निर्णयः स्थानीय तहका अधिवेशन असोज ९ भित्र सक्ने, केन्द्रीय कमिटी बैठक आह्वान « Nagarik Khabar

एमालेको निर्णयः स्थानीय तहका अधिवेशन असोज ९ भित्र सक्ने, केन्द्रीय कमिटी बैठक आह्वान



काठमाडौं । नेकपा एमालेले सथानीय तहका अधिवेशन असोज ९ गतेभित्र सक्ने निर्णय गरेको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठान भवनमा आइतबार बसेको स्थायी कमिटी बैठकले देशभरका सबै पालिकास्तरको अधिवेशन आउँदो असोज ९ सम्म गरिसक्ने निर्णय गरेको हो ।

त्यस्तै एमाले केन्द्रीय कमिटी बैठक साउन २४ गतेलाई बोलाइएको छ भने भोलि ३ बजे पुनः स्थायी कमिटी बस्ने निर्णय गरेको छ ।

‘अब साउन २३ गतेभित्र सबै ठाउँका पार्टी कमिटीहरुले, खासगरी जिल्ला पार्टी कमिटीले, प्रदेश पार्टी कमिटीले सदस्यता नवीकरण र अध्यावधिक गरेर केन्द्रमा पठाइसक्नुपर्छ ।’ बैठकले गरेका निर्णयबारे जानकारी गराउँदै महासचिव ईश्वर पोखरेलले भने ।

भदौ २७ र २८ गते विधान महाधिवेशन गर्न लागिएकाले सदस्यता अध्यावधिक र नवीकरण गर्ने कुरा टुंग्याउनका लागि सो निर्णय गरिएको उनले बताए ।

एमालेले देशव्यापी रुपमा असोज ३ गते वडा तहको अधिवेशन गरिसक्ने छ । भने असोज ९ गते पालिका स्तरका अधिवेशन गर्ने उनको भनाई छ । ‘विधान अधिवेशन सम्बन्धमा अरु टुंगो गर्नका लागि केन्द्रीय कमिटीको बैठक साउन २४ गते बस्नेछ ।’ उनले भने ।

एमालेलाई एकतावद्ध बनाएर लैजाने
आजको बैठकले एमालेलाई एकतावद्ध बनाएर लैजान गर्नुपर्ने सवै प्रयासहरु गर्ने पनि निर्णय गरेको छ । बैठकबारे जानकारी दिँदै महासचिव पोखरेलले भने, ‘हामी एमालेलाई एकतावद्ध बनाउन चाहान्छौँ । उन्नत तहको एकताका लागि जे गर्न सकिन्छ त्यो गर्ने हो ।’

यो पनि…

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: