दार्चुला घटना छानबिनका लागि गृहले बनायो समिति « Nagarik Khabar

दार्चुला घटना छानबिनका लागि गृहले बनायो समिति



काठमाडौं । गृह मन्त्रालयले दार्चुलामा तुइन काटेर नेपाली नागरिकको हत्या गरिएको भन्ने सन्दर्भमा छानबिन गर्न एक समिति गठन गरेको छ ।

दार्चुला घटनाको छानबिन गर्नका लागि सहसचिव जनार्दन गौतमको संयोजकत्वमा एक समिति गठन गरिएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेलले बताए ।

गौतमको संयोजकत्वमा सुदूरपश्चिम प्रदेशका डीआईजी पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक (डीआईजी) हुतराज थापा, सशस्त्रका एसएसपी सुरेश कुमार श्रेष्ठ र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्ना भट्ट सदस्य रहने गरी ५ सदस्यीय छानबिन समिति गठन गरिएको हो । घटनाबारे सत्यतथ्य बुझेर प्रतिवेदन पेश गर्न उनीहरुलाई १० दिनको समय दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: