ललितपुर महानगरपालिकाद्वारा ‘एक्सन टिम’ गठन « Nagarik Khabar

ललितपुर महानगरपालिकाद्वारा ‘एक्सन टिम’ गठन



काठमाडौं । ललितपुर महानगरपालिकाले नगर प्रहरीको भूमिकालाई प्रभावकारी बनाउन ‘एक्सन टिम’ व्यवस्था गरेको छ ।

सोमबार एक कार्यक्रमका बीच ललितपुर महानगरपालिकाको कामलाई व्यवस्थित ढंगले अगाडि बढाउन टीमको शुभारम्भ गरिएको हो ।

कार्यक्रममा नगर प्रहरीको ‘एक्सन टिम’लाई ज्याकेट, गोप्रो क्यामेरा, भिडियो क्यामेरासहितको हेलमेट आदि प्रदान गरिएको छ ।

महानगरभित्र हुने कामदारलाई स–प्रमाण देखाउन नगर प्रहरीको‘एक्सन टिम’ लाई गोप्रो क्यामेरा प्रदान गरिएको महानगरका प्रमुख चिरीबाबु महर्जनले बताए । उनले महानगरभित्र एक्सन प्रहरीले गरेको कामलाई प्रमाणका रुपमा राख्न उक्त क्यामेरा उपयोगी हुने जानकारी दिए । उनका अनुसार एक्सन प्रहरीलाई प्रदान गरिएको भिडियोसहितको क्यामेराले विपद् व्यवस्थापनमा पनि सहजीकरण गर्ने छ ।

नगरबासीको समस्या तत्काल सहजिकरण गर्ने, सहरलाई सुन्दर र व्यवस्थित गर्न टिम गठन गरेको बताइएको छ । टिमले नगर विकास अभियानमा विरोध पुर्याउने व्यक्तिलाई कानुनी दायरामा ल्याउने, विपदमा परेकाहरुको उद्धार गर्ने, सार्वजनिक जग्गा अतिक्रमण हुनबाट रोक्नेलगायतका काम गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: