महन्थ ठाकुरको रिट फेरि पनि हेर्न नभ्याइनेमा « Nagarik Khabar

महन्थ ठाकुरको रिट फेरि पनि हेर्न नभ्याइनेमा



काठमाडौं । पार्टी आधिकारिकताका विषयमा निर्वाचन आयोगको निर्णयविरुद्ध जसपाका नेता महन्थ ठाकुरले दायर गरेको रिट फेरि हेर्न नभ्याइनेमा परेको छ ।

आधिकारिताको सन्दर्भमा आयोगले गरेको निर्णय खारेजीको मागदाबीसहित महन्थ ठाकुरले साउन १५ गते (शुक्रबार) सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

रिटमाथि सुनुवाइका लागि दोस्रोपटक सोमबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा पेसी तोकिएकोमा हेर्न नभ्याउने हुँदै फेरि पेसी सरेको हो । आइतबार न्यायाधीश आनन्दमोहन भट्टराइको इजलासमा पेसी तोकिएकोमा हेर्न नभ्याउने हुँदै पेसी सरेको थियो ।

ठाकुरको वारेश बनेर अधिवक्ता प्रदिप कुमार पाठकले दायर गरेको रिटमा उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिन निर्वाचन आयोगको निर्णय जनता समाजवादी पार्टी (जसपा)को विधान विपरीत भएको दाबी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: