माधव नेपाल समूह पनि ढिलोचाँडो सरकारमा सहभागी हुन्छ : महेन्द्र यादव (भिडियाे) « Nagarik Khabar

माधव नेपाल समूह पनि ढिलोचाँडो सरकारमा सहभागी हुन्छ : महेन्द्र यादव (भिडियाे)



काठमाडौं । नेपाली कांग्रेसका नेता महेन्द्र यादवले प्रधानमन्त्री शेर बहादुर देउवाले जुनसुकै बेला पनि मन्त्रिपरिषद् विस्तार गर्न सक्ने बताएका छन् ।

रिपोटर्स क्लब नेपालले सोमबार काठमाडौंमा गरेको साक्षात्कारमा उनले माधव नेपाल समूहपनि ढिलोचाँडो सरकारमा सहभागी हुने पनि दाबी गरे ।

उनले वर्तमान सरकार संविधानको धारा ७६ को ५ अनुसार बनेको भन्दै प्रधानमन्त्रीले सबैलाई समेटेर अघि बढ्न चाहेको धारणा राखे । उनले कांग्रेसको क्रियाशील सदस्यताको विवाद पनि समाधानको चरणमा रहेको बताए । महाधिवेशन भदौको अन्तिम सातादेखि प्रारम्भ भएर मंसिर÷पुषसम्म सम्पन्न गरिसक्ने उनको भनाइ छ ।

त्यस्तै, एमाले नेता आनन्दप्रसाद पोखरेलले कांग्रेस, माओवादी केन्द्रलगायतको गठबन्धनलाई दक्षिणपन्थी गठबन्धनको संज्ञा दिए । उनले माधव नेपाल पक्षले पार्टी र कम्युनिस्टलाई मात्र नभएर मुलुकलाई नै धोका दिएको तर्क गरे । आफूहरुले माधव नेपालले अघि सारेका ६ बुँद माग पनि पूरा गरेको र हुँदाहुँदै पार्टी एकताका लागि अध्यक्ष पनि दिन तयार भएको उनले बताए ।

साक्षात्कारमा जसपा कार्यकारिणी सदस्य सदस्य मनिष सुमनले सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम पार्टीका तीन नेताले यथाशक्य चाँडो टुँगो लगाउने स्पष्ट पारे । नेता सुमनले सत्तापक्षीय गठबन्धनले छोटो छरितोमा सरकारका लागि साझा कार्यक्रम ल्याउनेपनि बताए ।

उनले आफूहरु तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको प्रतिगमनकारी कदमको विरुद्धमा कांग्रेस, माओवादी केन्द्रसँगै एउटै कित्तामा उभिएको र प्रतिगमनलाई अन्ततः परास्त गर्न सफल भएको धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: