महन्थ ठाकुरले भने– उपेन्द्र यादवले १८ महिनामा नगरेको काम मैले १८ दिनमै गरेर देखाएँ « Nagarik Khabar

महन्थ ठाकुरले भने– उपेन्द्र यादवले १८ महिनामा नगरेको काम मैले १८ दिनमै गरेर देखाएँ



काठमाडौं । जनता समावादी पार्टी(जसपा) अध्यक्ष महन्थ ठाकुरले केपी शर्मा ओली नेतृत्वको सरकारमा १८ महिनासम्म बस्दा मधेशको माग मुद्दामा उपेन्द्र यादवले गर्न नसकेको काम आफूहरुले १८ दिनमै पूरा गरेर देखाएको बताएका छन् ।

जसपाको आधिकारिकता नपाएपछि सर्वोच्च अदालतमा मुद्दा लडिरहेका अध्यक्षा ठाकुरले मधेशको माग सम्बोधन गराउनु आफ्नो गल्ती थियो भने यस्तो गल्ती र त्रुटि सधैँ गरिरहने समेत बताएका छन् ।

ठाकुरले बुधबार राति लामो वक्तव्य जारी गर्दै भनेका छन्, “के नागरिकताका लागि अध्यादेश ल्याउन लगाउनु त्रुटि हो ? के संविधान संसोधनको निम्ति कार्यदल बनाउन लगाउनु त्रुटि हो ? के उत्पीडित जनजाति र समुदायहरुको पहिचान र अधिकारको निम्ति माग मुद्दा सम्बोधन गराउन सरकारसँग सहकार्य गरी दवाव दिनु अपराध हो ? यदि हो भने जनताको हितका लागि यस्ता गल्ती, त्रुटि र अपराध हामी बारम्बर गर्न तयार छौँ ।”

उपेन्द्र यादव पक्षद्वारा असार ४ गते पार्टी पुटाउनका लागि आधिकारिकता सम्बन्धमा दिइएको निवेदनउपर निर्वाचन आयोगले गरेको फैसलाप्रति चित्त नबुझेको भन्दै न्याय पाउने सबालमा आशावादी रहेको अपिलमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: