विधान अधिवेशनको मस्यौदामाथि छलफल गर्न एमालेले बोलायो स्थायी र केन्द्रीय कमिटी « Nagarik Khabar

विधान अधिवेशनको मस्यौदामाथि छलफल गर्न एमालेले बोलायो स्थायी र केन्द्रीय कमिटी



काठमाडौं । नेकपा एमाललेको विधान महाधिवेशनमा प्रस्तुत गरिने विधान मस्यौदा प्रस्तावमाथि छलफल गर्न सोमबार बैठक बोलाइएको छ । एमालेले उक्त प्रस्ताव केन्द्रीय कमिटी र स्थायी कमिटीमा छलफल गर्न बैठक बोलाएको छ ।

उक्त प्रस्ताव स्थायी कमिटी बैठकले पारित गरेपछि केन्द्रीय कमिटीमा पेस गर्ने र सो प्रस्ताव केन्द्रीय कमिटीबाट पास भएपछि साउन २७ भित्र सबै मातहत कमिटीमा अध्ययन र सुझावको लागि पठाइने एमालेले जनाएको छ ।
पार्टीको विधान अनुसार विधान महाधिवेशनको एक महिनाअघि सदस्यहरुलाई प्रस्ताव अध्ययनको लागि वितरण गर्नुपर्छ । विधान अधिवेशन एमालेले भदौं २७ र २८ गते तोकेको छ ।

योसँगै सदस्य नविकरण र तल्ला तहका कमिटीहरु पुनर्गठनमा पार्टी केन्द्रीत भएको एमालेले जनाइएको छ । माधव नेपाल पक्षले आजको केन्द्रीय कमिटीको बैठक रोक्न आग्रह गरेपछि रोकिएपनि अनन्तकालसम्म बैठक रोकेर बस्न नसकिने एमालेले जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: