माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले फिल्म क्षेत्रलाई राहत दिलाउन पहल गर्ने « Nagarik Khabar

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले फिल्म क्षेत्रलाई राहत दिलाउन पहल गर्ने



काठमाडौं । पूर्व प्रधानमन्त्री तथा सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोभिड–१९ महामारी प्रभावित फिल्म क्षेत्रलाई राहत दिलाउन विश्वास दिलाएका छन् ।

आज बिहान खुमलटारमा आफूलाई भेट्न आएका फिल्मकर्मी नवल खड्कासहितको प्रतिनिधि मण्डललाई उनले त्यसका लागि सरकारलाई विशेष प्याकेज ल्याउनका लागि पहल गर्ने आश्वासन पनि दिए ।

दाहालसमक्ष खड्काले फिल्म क्षेत्रलाई अनुदान र कर छूटसहितको सहयोग प्याकेज ल्याउन माग गरेका थिए । भेटमा पार्टीका स्थायी कमिटी सदस्य कृष्णबहादुर महरा पनि सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: