पाेखरेल सरकार ढाल्न मुख्य भूमिका खेल्ने डागी बने मुख्यमन्त्री केसीका सल्लाहकार « Nagarik Khabar

पाेखरेल सरकार ढाल्न मुख्य भूमिका खेल्ने डागी बने मुख्यमन्त्री केसीका सल्लाहकार



काठमाडाैं । शंकर पाेखरेल नेतृत्वकाे लुम्बिनी प्रदेश सरकार ढाल्न मुख्य भूमिका खेल्ने अमर डागी मुख्यमन्त्री कूलप्रसाद केसीकाे प्रमुख राजनीतिक सल्लाहकार नियुक्त भएका छन् । लुम्बिनी प्रदेशका पूर्वसांसद अम्बर डागी एमाले पार्टीको टिकटबाट निर्वाचित सांसद हुन् । तर, उनले एमाले पार्टी र पार्टी अध्यक्ष केपी शर्मा ओलीको विरुद्धमा सांसद पदबाट राजीनामा दिएका थिए ।

सांसद पद त्याग्नुअघि डागी ओली पक्षमा नै थिए। ओली पक्षमा हुनुको नाताले दाङबासी शंकर पोखरेललाई दाङमै राजधानी ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेकाे भूमिकालाई सम्मान गर्दै सहयोग गरे।

७१ वर्षका डागी विगतदेखि नै माओवादीसँग आफ्नो राम्राे सम्बन्ध भएकाे बताउँछन् । उनले एमाले नछोडेको तर, केपी ओली गुटलाई भने छोडेको बताउने गर्दछन् । उनले विगतमा माओवादीले सहिद मार्ग बनाउँदा आफूले जिउज्यान लगाएर सहयोग गरेका दाबी गर्छन् । उनकाे यहि लगावकाे प्रतिफल मुख्यमन्त्री केसीले सल्लाहकारकाे रूपमा नियुक्त गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: