बोल्ड सिन दिने भारतीय नायिकालाई बहिस्कार गर्न ट्वीटरमा माग « Nagarik Khabar

बोल्ड सिन दिने भारतीय नायिकालाई बहिस्कार गर्न ट्वीटरमा माग



एजेन्सी । भारतीय नायिका राधिका आप्टेलाई ट्वीटरमा बहिस्कार गर्न आवाज उठाइएको छ । भारतीय मिडियाले जनाए अनुसार भारतीय संस्कृतिको विरुद्ध जानेलाई सहन नसकिने भन्दै बहिस्कार गर्ने जनाएका हुन् ।

राधिका पर्दामा बोल्ड सिन दिन माहिर भारतीय फिल्म उद्योगकी चर्चित नायिका हुन् । अन्धाधुन, पाच्र्ड, प्याडम्यान, माझी, लगायत फिल्ममा अभिनय गरेकी उनी राजकुन्द्रको पोर्नोग्राफी मुद्धा पश्चात उनी पनि तारोमा परेकी छन् । ट्वीटरमा शुक्रबारदेखि नै राधिका आप्टेलाई बहिस्कार गर्न माग गर्दै ३द्ययथअयततच्बमजष्पबब्उतभ ह्यासट्याग सुरु गरिएको छ ।

एक जना युजरले उनको एक बोल्ड सिन सेयर गर्दै लेखेका छन्, ‘यिनको फिल्म यति खराब छ कि उनका फोटो र भिडियो पनि सेयर गर्न सक्दिन ।’ उनलाई पैसाका लागि आफ्नो देशको संस्कृति खराब गरेको उनीमाथि आरोप लागेको छ । चाँडै नै राधिका नेटफ्लिप्सको मोनिकाः ओ माइ डार्लिङमा प्रहरीको भूमिकामा देखिने भएकी छन् । राजकुमार राव र हुमा कुरेसी सो फिल्ममा उनका साथमा रहने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: