कार्यकारी निर्देशक साउदद्वारा गल्ती स्वीकार « Nagarik Khabar

कार्यकारी निर्देशक साउदद्वारा गल्ती स्वीकार



काठमाडौं । नेपाल स्टक एक्सचेञ्जका कार्यकारी निर्देशक चन्द्रसिंह साउदले आचारसंहिता र कानुनले नरोकेकाले आफूले सेयर खरिद गरेको दाबी गरेका छ ।

सोमबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा साउदले प्राथमिक बजारमा कानुनले सेयर खरिद गर्न नरोकेकाले सेयर खरिद गरेको बताएका हुन् ।

सेयर खरिदमा नैतिक प्रश्न उठेपछि भने सेयर खरिद नगरेकै भए पनि हुने रहे छ भन्ने लागेकाले अबदेखि यस्ता विषयमा आफू टाढै रहने उनले बताए । नेप्सेले आचारसंहिता र कर्मचारी नियमावलीभित्र रहेर निर्णय गरेको भए पनि समाजबाट आउन सक्ने प्रश्नको पाटोलाई ध्यान दिँदै आगामी दिनमा यस्ता कमी कमजोरीलाई सुधार गरिने कार्यकारी निर्देशक साउदले स्पष्ट पारे । उनले पछिल्लो समय सेयर बजारमा सर्वसाधारणको सहभागिता बढेको भन्दै समयानुकुल स्टक एक्सचेञ्जले प्रविधिलाई अपग्रेड गर्नुपर्ने धारणा राखे ।

बैठकमा सांसद्हरुले नियमन निकाय स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी र परिवार नै कारोबारमा संलग्न हुने विषयले समग्र सेयर बजारको काम कारबाहीको निष्पक्षतामाथि प्रश्न उब्जिएको बताएका थिए । सांसद रामकुमारी झाँक्रीले सार्वजनिक पदधारण गर्नेमा आत्मअनुशासन र नैतिकता हुनुपर्ने बताइन् ।

धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जका विषयमा उठेका प्रश्नबारे अरु नियमक निकाय र अर्थ मन्त्रालयसँग छलफल गरिने गरिने समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: