दल दर्ता गर्न महन्थ ठाकुर पक्ष निर्वाचन आयोगमा « Nagarik Khabar

दल दर्ता गर्न महन्थ ठाकुर पक्ष निर्वाचन आयोगमा



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) आधिकारिकता उपेन्द्र यादव पक्षले पाएपछि दलविहीन बनेका महन्थ ठाकुरले नयाँ दल दर्ताका लागि निवेदन दिएका छन् ।

सरकारले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएलगत्तै ठाकुर पक्षका नेताहरु जसपा लोकतान्त्रिक नाममा नयाँ दल दर्ताका लागि निर्वाचन आयोग पुगेका हुन् ।

ठाकुर पक्षीय एक नेताका अनुसार नयाँ दलको अध्यक्षमा महन्थ ठाकुर रहने छन् भने राजेन्द्र महतो वरिष्ठ नेता रहने छन् ।

जसपा लोकतान्त्रिकले दलको चुनाव चिन्हमा साइकल प्रस्ताव गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: