घनश्याम भुसाल पुगे ओली निवास बालकोट « Nagarik Khabar

घनश्याम भुसाल पुगे ओली निवास बालकोट



काठमाडौं । नेकपा एमाले विभाजन भएलगत्तै माधव नेपाल पक्षका उपमहासचिव घनश्याम भुसाल पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् ।

एमाले विभाजन रोक्न सक्रिय रुपमा लागेका नेता भुसालले अध्यक्ष ओलीसँग ‘वान टु वान’ कुरा गर्ने भन्दै बालकोट पुगेको उनी निकट स्रोतले जनाएको छ । भुसालले मंगलबार पनि ओलीलाई भेटेर माधव नेपालसहित १४ जनामाथिको कारवाही फिर्ता लिन आग्रह गरेका थिए ।

भुसालले ‌‌‌ओलीसँग १० बुँदे सहमति कार्यन्यवयन गर्दै अझै पनि एमाले विभाजन रोकेर माधव नेपाललाई फर्काउन सुझाव दिने समझदारी बनेको सो समूहका एक सांसदले बताए ।

नवौं महाधिवेशनदेखि माधव नेपाललाई साथ दिँदै आएका नेपाल पक्षका पदाधिकारी र स्थायी कमिटी सदस्यहरुले पार्टी विभाजनमा भने उनलाई साथ दिएनन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: