ब्लु हाइड्रोजन कोइलाभन्दा पनि हानिकारक « Nagarik Khabar

ब्लु हाइड्रोजन कोइलाभन्दा पनि हानिकारक



एजेन्सी । पर्यावरणका लागि सुरक्षित भनिएको स्वच्छ उर्जा स्रोतको रुपमा हाइड्रोजनको नाम पहिलो नम्बरमा आउँछ । पेट्रोल र डिजेल जस्ता प्रदुषित इन्धनको स्थान यसले लिने विश्वास गरिएको थियो । अमेरिकी राष्ट्रपति जो बाइडेन सरकार र अन्य अन्तर्राष्ट्रिय उर्जा एजेन्सी लगायतका कतिपय कम्पनीले यसको समर्थन पनि गरेका छन् । तर, एक नयाँ अध्ययनले गरेको रिपोर्टमा यसप्रतिको भ्रम टुटेको छ । उक्त रिपोर्टमा भनिएको छ, हाइड्रोजनबाट ग्रीनहाउस ग्यासको उत्सर्जन कोइलाबाट हुने भन्दा बढी हुन्छ । ब्लु हाइड्रोजनको बारेमा भएको अनुसन्धानमा सम्लग्न विज्ञहरुले पर्यावरणका आधारमा यसलाई उचित नमानिने बताएका छन् ।

एकेडेमिक जर्नल ‘इनर्जी साइन्स एण्ड इन्जिनियरिङ’ मा छापिएको अध्ययनका अनुसार ब्लु हाइड्रोजन उत्सर्जन मुक्त छैन । कारनेल विश्वविद्यालयका रोबर्ट हावर्थ र स्टैन्फर्ड युनिभर्सिटीका मार्क ज्याकबसनले आफ्नो अनुसन्धानमा हाइड्रोजनको इन्धनका रुपमा उत्पादन गर्न राम्रो उर्जाको आवश्यकता पर्ने बताएका छन् ।

प्राकृतिक ग्यासबाट हाइड्रोजन निकाल्ने प्रक्रियामा जब हाइड्रोजनलाई तताइन्छ वा त्यसमा दबाब बढाइन्छ तब कार्बन उत्सर्जन हुने हुन्छ । यस्तो स्थितिमा ब्लु हाइड्रोजन केही मात्रामा मात्र उत्सर्जन हुन्छ । तर अध्ययनले कार्बन सोस्ने प्रक्रियामा पनि उर्जा खपत बताइएको छ । अनुसन्धानमा ब्लु वा ग्रे हाइड्रोजनको उत्सर्जन खासमा डिजेल, ग्यास वा कोइला भन्दा धेरै हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: