महन्थको पार्टीको नाम फेरियो, लोकतान्त्रिक समाजवादी पार्टी दर्ताका लागि निवेदन « Nagarik Khabar

महन्थको पार्टीको नाम फेरियो, लोकतान्त्रिक समाजवादी पार्टी दर्ताका लागि निवेदन



काठमाडौं । महन्थ ठाकुर नेतृत्वको पार्टीको नाम परिवर्तन भएको छ । ठाकुर नेतृत्वको पार्टीको नाम लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को नाममा दर्ता भएको छ ।

निर्वाचन आयोगमा शुक्रबार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को नाममा दर्ताका लागि पुनः निवेदन दिइएको जसपाका नेता केशब झाले जानकारी दिए ।

शुक्रबार ठाकुर समूहले आयोगको आग्रहमा नाम फेर्दै लोकतान्त्रिक समाजवादी पार्टी दर्ताका लागि पुनः निवेदन दिएको हो ।

यसअघि महन्थ ठाकुर समूहले बुधबार जसपा लोकतान्त्रिकको नाममा पार्टी दर्ताका लागि निवेदन दिएको थियो । बिहीबार जसपाले आफ्नो पार्टीको मिल्दाजुल्दो नाम महन्थ ठाकुरलाई नदिन माग गर्दै आयोगमा निवेदन दिएको थियो ।

नयाँ पार्टीमा ३१ जनाको कार्यकारिणी समिति सदस्य रहेका छन् भने एक जना वरिष्ठ नेता थपिएको छ । यसअघि राजेन्द्र महतोलाई मात्रै वरिष्ठ नेता बनाइएकोमा अध्यावधिक विवरणमा शरतसिंह भण्डारीको नाम पनि थप गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: