भाजपा नेता चौथाइवाले राजनीतिक भेटमा सक्रिय : महन्थ ठाकुरसँग पनि संवाद « Nagarik Khabar

भाजपा नेता चौथाइवाले राजनीतिक भेटमा सक्रिय : महन्थ ठाकुरसँग पनि संवाद



काठमाडौं । भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवाले अहिले नेपालमा राजनीतिक भेटघाटमा सक्रिय छन् ।

चार दिने नेपाल भ्रमणका लागि आइतबार काठमाडौं आएका उनले प्रधानमन्त्री शेरबहादुर देउवा र विपक्षी दलका नेता केपी शर्मा ओलीलाई भेटिसकेका छन् ।

यसैगरी उनले आजै प्रस्तावित लोकतान्त्रिक सजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई पनि भेटेका छन् ।

तराई–मधेसका प्रमुख नेता ठाकुर र चौथाइवालेबीच भएको भेटवार्ताबारे विस्तृतमा विवरण आइसकेको छ्रैन । तर, ठाकुरलाई भारतीय प्रधानमन्त्री नदेन्द्र मोदी र भाजपा नेतृत्वको सन्देश चौथाइवालेले सुनाएको बताइएको छ ।

आइतबार काठमाडौं आइपुगेका चौथाइवालेले साँझ प्रधानमन्त्री देउवार र सोमबार बिहान ओलीसँग भेटवार्ता गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: