नेपाली राष्ट्रिय फुटबल टोलीकाे घोषणा : अभिषेक आउट, राजन र नितिनले पाए पहिलोपटक मौका « Nagarik Khabar

नेपाली राष्ट्रिय फुटबल टोलीकाे घोषणा : अभिषेक आउट, राजन र नितिनले पाए पहिलोपटक मौका



काठमाडौं । भारतसँग हुने मैत्रीपूर्ण खेलको लागि राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ । मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले भारतसँग हुने २ मैत्रीपूर्ण खेलका लागि २५ सदस्यीय टोली घोषणा गरेको हो ।

प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले गरेको घोषित टोलीमा युवा स्ट्राइकर अभिषेक रिजालले स्थान बनाउन सकेनन् । यस्तै अन्तिम २८ बाट गोलरक्षक अर्पण कार्की र शिशिर लेखी पनि बाहिर रहे । अर्पण र शिशिरले हालसम्म राष्ट्रिय टोलीमा स्थान बनाउन सकेका छैनन् ।

यस्तै डिफेन्डर राजन गुरुङ र मिडफिल्डर नितिन थापाले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन् । यता, अभिषेक रिजाल भने प्रशिक्षक योहान कालिनले मलेसियाविरुद्ध डेब्यू गराएपछि पहिलो पटक राष्ट्रिय टोली बाहिर रहेका हुन् ।

यसपटक सुजल श्रेष्ठ टोलीमा आगमन गरेका छन् । यसअघि उनी चोटका कारण टोली बाहिर रहेका थिए । नेपालले भदौ १७ र २० गते भारतीय राष्ट्रिय टोलीसँग दशरथ रंगशालामा दुई मैत्रीपूर्ण खेल खेल्ने छ ।

नेपाली टाेली
गोलरक्षकः किरण कुमार लिम्बु, दिप कार्की, विशाल श्रेष्ठ, विकेश कुथु

डिफेन्डरः अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, राजन गुरुङ, रोहित चन्द, सुमन अर्याल

मिडफिल्डरः आयुष घलान, अञ्जान विष्ट, विशाल राई, कमल थापा, मनिष डांगी, नितिन थापा, पुजन उपरकोटी, सन्तोष तामाङ, सुजन श्रेष्ठ, सुनिल बल, सुरज जिउ ठकुरी, तेज तामाङ

फरवार्डः आशिष लामा, नवयुग श्रेष्ठ, सुमन लामा

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: