एसिया कप छनोटका लागि राष्ट्रिय महिला टोलीकाे घोषणा « Nagarik Khabar

एसिया कप छनोटका लागि राष्ट्रिय महिला टोलीकाे घोषणा



काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय महिला फुटबल टोलीको घोषणा गरेको छ । मंगलबार एन्फाले आगामी एएफसी महिला एसिया कप छनोट २०२२ का लागि २३ सदस्यीय टोली घोषणा गरेको हो ।

मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले टिममा ७ नयाँ खेलाडीलाई स्थान दिएका छन् । जसमा एपिएफबाट राष्ट्रिय लिग खेलेकी प्रिति राईसहित, निशा थोकर, रजनी थोकर, रश्मि घिसिङ, सविता राना, विमला बिक र सिर्जना सिंह रहेका छन् ।

अन्य खेलाडी भने पुरानै अनुहार छन् । यसपटक शर्मिला थापाले टोलीमा स्थान बनाउन सकिनन् । यस्तै पहिलो चरणमा कोरोना कारण रेखा पौडेल टोली बाहिर रहिन् । यस्तै घुडाको शल्यक्रिया गरेकी स्ट्राइकर साबित्रा भण्डारी ‘साम्बा’समेत टोली बाहिर छिन् ।

नेपाली टिमले छनोट खेलमा सेप्टेम्बर १८ मा फिलिपिन्सको सामना गर्ने छ । यस्तै २१ तारिखमा हङकङको सामना गर्ने छ । यसअघि खेल नेपालमा हुने भनिए पनि कोरोना महामारीका कारण उज्वेकिस्तानमा सरेको छ ।

नेपाली टिम
गोलरक्षकः अञ्जना राना मगर, एन्जिला तुम्बाप्पो सुब्बा, उषा नाथ

डिफेन्डरः अमृता जैशी, बिमल बिक, गीता राई, हिरा कुमारी भुजेल, निशा थोकर, पूजा राना, पुनम जर्घा मगर, सिर्जना सिंह

मिडफिल्डरः अनिता बस्नेत, दीपा राई, मन्जली कुमारी योञ्जन, प्रिति राई, रजनी थोकर, रेनुका नगरकोटी, सबिता राना

स्ट्राइकरः अनिता केसी, विमला चौधरी, इन्दिरा राई, रश्मि घिरिङ, सरु लिम्बू

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: