यी हुन् निर्वाचन आयोगमा सनाखत गर्ने लोसपाका सांसद्हरु (नामावलीसहित) « Nagarik Khabar

यी हुन् निर्वाचन आयोगमा सनाखत गर्ने लोसपाका सांसद्हरु (नामावलीसहित)



काठमाडाैं । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीका सांसद तथा केन्द्रीय सदस्यहरुले निर्वाचन आयोगमा सनाखत गरेर फर्केका छन् ।

जसपाबाट फुटेर महन्थ ठाकुर र राजेन्द्र महतोलगायतका नेताहरुले अलग दल लोकतान्त्रिक समाजवादी दर्ता गर्न निवेदन दिएका थिए । सो निवेदनपछि दल दर्ताको प्रमाणपत्र दिन आयोगले आज सनाखत गर्न नेताहरुलाई बोलाएको थियो ।

सोही क्रममा लोसपाका १४ सांसद र १७ जना केन्द्रीय सदस्यहरु आयोग पुगेर सनाखत गरेका हुन् ।

यी हुन् लोसपाका १४ जना सांसद्

१. महन्थ ठाकुर
२. राजेन्द्र महतो
३. शरदशिंह भण्डारी
४. अनिल कुमार झा
५. लक्ष्मणलाल कर्ण
६. चन्दा चौधरी
७. निर्जला राउत
८. बिमलप्रसाद श्रीवास्तव
९. उमाशंकर अरगरिया
१०. एकलाल मिया
११. चन्द्रकान्त चौधरी
१२. दुलारी देवी खाँड
१३. कुल्लुदेवी विश्वकर्मा
१४. शेखर कुमार सिंह

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: