महन्थ पक्षमा १४ सांसद् र १७ केन्द्रीय कार्यकारिणी सदस्यको हस्ताक्षर प्रमाणीकरण « Nagarik Khabar

महन्थ पक्षमा १४ सांसद् र १७ केन्द्रीय कार्यकारिणी सदस्यको हस्ताक्षर प्रमाणीकरण



काठमाडौं । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीका १४ जना सांसद् र कार्यकारी समितिका १७ जनाले हस्ताक्षर प्रमाणीकरण गरेका छन् ।

निर्वाचन आयोगले दिएको समयसीमा भित्रै आयोग परिसरमा सशरीर उपस्थित भएर नयाँ दल दर्ताका लागि समाजवादीका सांसद् र केन्द्रीय कार्यकारिणी सदस्यले हस्ताक्षर प्रमाणीकरण गरेका हुन ।

‘आज निर्वाचन आयोगमा १४ जना संघीय सांसद् र १७ जना कार्यकारिणी सदस्यको उपस्थित रहेको छ’ कार्यकारी सदस्य केशव झाले भने ।

उपेन्द्र यादवले जनता समाजवादी पार्टी (जसपा)ले आधिकारिकता पाएपछि महन्थ ठाकुर–राजेन्द्र महतो नेतृत्वमा आज आयोगमा अलग पार्टी लोकतान्त्रिक समाजवादी पार्टी गठन गर्न सनाखत गरेका हुन् ।

कार्यकारी सदस्यकाे नामावली

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: