लोकतान्त्रिक समाजवादी पार्टीको केन्द्रीय कार्यालय उद्घाटन « Nagarik Khabar

लोकतान्त्रिक समाजवादी पार्टीको केन्द्रीय कार्यालय उद्घाटन



काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले आज बबरमहलमा पार्टी कार्यालय उद्घाटन गरेको छ । लोसलो नयाँ बोर्ड र झन्डोत्तोलन कार्यक्रम पनि सम्पन्न गरेको छ

बबरमहलमा महन्थ ठाकुरले राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) गठनदेखि नै कार्यालय सञ्चालन गरिरहेका थिए । जसपा नेपालको पार्टी कार्यालय बालकुमारीमा कायम गरेपनि ठाकुरले बबरमहलको कार्यालय छाडेका थिएनन् ।

अहिले लोकतान्त्रिक समाजवादी पार्टी गठन भएपछि त्यसलाई विधिवत रुपमा सञ्चालनमा ल्याइएको हो । लोसपाका कार्यकारिणी सदस्य जितेन्द्र सोनलले पार्टी कार्यालय विधिवतरुपमा सुरुवात गरिएको बताए ।

पार्टी कार्यालय उद्घाटन तथा झण्डतोलनमा पार्टीका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेताहरु राजेन्द्र महतो, शरतसिंह भण्डारीलगायत कार्यकारिणी समितिका सदस्यसहित अन्य नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: