कोरोना संक्रमण कम हुँदै « Nagarik Khabar

कोरोना संक्रमण कम हुँदै



काठमाडौँ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण कम भएको छ । यस अवधिमा एक हजार ३ सय ८८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । शनिबार एक हजार ८ सय ५७ जनामा संक्रमण पुष्टि भएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकानुसार सात हजार २ सय ५९ जनाको पीसीआर परीक्षणमा एक हजार २ सय १४ र तीन हजार ३८ जनाको एन्टिजेन परीक्षणमा १ सय ७४ संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस संक्रमितको संख्या सात लाख ५९ हजार २ सय २२ पुगेको छ । त्यस्तै एन्टिजेन परीक्षण गर्नेको संख्या ८२ हजार ९ सय ७१ रहेको छ ।

पछिल्लो २४ घण्टामा थप दुई हजार २ सय ६० जना संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म नेपालमा संक्रमणमुक्त हुनेको संक्र सात लाख १२ हजार ७ सय १२ पुगेको छ । नेपालमा संक्रमणमुक्त हुने दर ९३ दशमलव ९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

हाल नेपालमा ३२ हजार ७ सय ४४ जना होम आइसोलेशन, तीन हजार ५२ जना संस्थागत आइसोलेशनमा रहेका छन् । त्यसैगरी ६ सय २५ जना आइसीयू र १ सय ६७ जना भेन्टिलेटरमा उपचाररत छन् । देशभर ३ सय ४३ जना क्वारेन्टिनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । देशभर सक्रिय संक्रमितको संख्या३५ हजार ७ सय ९६ जना छन् ।

चौबीस जनाको मृत्यु

नेपालमा कोरोना संक्रमणबाट थप २४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ७ सय १४ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: