१५ वर्षको उमेरमा राम्रो बन्नका लागि दिइने दबाबले निम्त्याउँदैछ विकराल स्थिति « Nagarik Khabar

१५ वर्षको उमेरमा राम्रो बन्नका लागि दिइने दबाबले निम्त्याउँदैछ विकराल स्थिति



एजेन्सी । बेलायतको द चिल्ड्रेन सोसाइटीले आफ्नो पछिल्लो रिपोर्टमा चेतावनी दिँदै विगत ९ वर्षमा १० देखि १५ वर्ष उमेर समूहका बालबालिकामा जीवनबाट विरक्त हुनेको संख्या बढेको बताएको छ । त्यस्ता बालबालिकाको त्यो संख्या बढेर दुई गुणा पुगेको छ ।

एक्सेस विश्वविद्यालयका शोधकर्ताहरुको एक अध्ययनले सन् २०१८–०१९ मा १० देखि १५ वर्ष उमेरका ६.७ प्रतिशत बच्चाहरुमा आफ्नो जीवनदेखि खुसी नभएको पाइयो । त्यस्तो स्थिति २००९–१० मा ३.८ प्रतिशत मात्र रहेको थियो ।

सोसाइटीका अनुसार रोर्पाटको निश्कर्ष धेरै चिन्ताजनक भएको बताइएको छ । यद्दपि यो अध्ययन कोरोना महामारी पहिले गरिएको रिपोर्ट हो । यसमा महामारीको नकारात्मक प्रभाव भने समावेश गरिएको छैन । रिपोर्टले बेलायतका हरेक २५ जनामा एक जना बच्चा उथल–पुथलसँग संघर्ष गरिरहेका र यस्ता बच्चाहरु मानसिक सहायताको अभाव रहेको बताइएको छ । यी बच्चाहरु स्कूल, संगीसंगीसँगको सम्बन्ध र उनीहरुको व्यवहारलाई लिएर पनि चिन्ता गर्ने भएको देखिएको छ । सोसाइटीका सीइओ मार्क रसेलले यो निराशा किशोरवस्थामा हुने मानसिक दिक्दारी तर्फ संकेत गर्ने बताउँछन् ।

अनुसन्धानकर्ताहरुले एक्लोपना र कठिनाईमा संगीत सुन्नाले भावनात्मक रुपमा मजबुत बनाउने बताउँछन् । एक्सेस युनिभर्सिटीका अनुसार कतिपय केटा–केटीहरु आफू कस्तो देखिन्छु भनेर पनि चिन्तित रहने गरेका छन् । जो बच्चासँग कुराकानी भएको थियो ती मध्ये ८ देखि १३ प्रतिशत केटाहरुमा असन्तुष्टी धेरै पाइयो । केटीहरुको संख्या पनि बढेर १५–१६ प्रतिशत भएको छ । सोसाइटीका अनुसार केटा राम्रो देखिनका लागि धेरै दबाब महशुस गर्ने गरेका छन् । यसले उनीहरुको स्वास्थ्यमा नकारात्मक असर परिरहेको रिपोर्टमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: