भरतपुर अस्पतालमा अख्तियारको छापा « Nagarik Khabar

भरतपुर अस्पतालमा अख्तियारको छापा



चितवन । भरतपुर अस्पतालमा अख्तियारको टोलीले छापा मारेको छ । औषधी खरिदबिक्रीमा अनियमितता भएको उजुरी परेपछि अख्तियारको टोलीले छापा मारेको हो ।

हेटौंडास्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयका उपसचिव विष्णुप्रसाद सापकोटा नेतृत्वको टोलीले अस्पतालको फार्मेसीसँग सम्बन्धित कागजातसमेत नियन्त्रणमा लिएको हो ।

अस्पतालको फार्मेसीमा स्वास्थ्य बीमाका सेवाग्राहीले न्यूनतम औषधीसमेत नपाएको गुनासो बढेको थियो । बिरामीलाई औषधी छैन भनेर फर्काउने तर बीमा बोर्डसँग बीमितको नाममा पूरै रकम दावी गर्ने गरेको भन्दै अस्पतालविरुद्ध उजुरी परेको थियो ।

अस्पतालले टेण्डर प्रक्रियाभन्दा बाहिरबाट औषधी खरिद गरेको, अनधिकृत व्यक्तिलाई फार्मेसीको जिम्मा दिएको लगायतका लिखित उजुरी अख्तियारमा परेको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: