भारतीय मोडलसँग प्रचण्डकी नातिनीको रोमान्स (भिडियो) « Nagarik Khabar

भारतीय मोडलसँग प्रचण्डकी नातिनीको रोमान्स (भिडियो)



काठमाडौं । गायिका स्मीता दाहालले हिन्दी गीत गाएकी छन् । उनले ‘इबादाद बन गए हो’ बोलको हिन्दी गीत गाएकी हुन् ।

उक्त गीत गायनमा स्मीतालाई शबाब साबरीले स्वरमा साथ दिएका छन् । केआर वाहीको शब्द रहेको गीतमा शबाब साबरीले संगीत दिएका छन् ।

गीतको भिडियो पनि सार्वजनिक गरिएको छ । जसमा गायिका स्मीताले भारतीय मोडल अर्जुन बिज्लानीसँग रोमान्स गरेकी छन् । गीतको भिडियोलाई राजिव एस. रुईयाले निर्देशन गरेका हुन् ।

गायिका स्मीता नेपाल कम्युनिष्ट पाटी (माओवादी) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी हुन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: