साउथकी सुपरस्टारसँग साहरुखको रोमान्स् « Nagarik Khabar

साउथकी सुपरस्टारसँग साहरुखको रोमान्स्



काठमाडौं । बलिउड नायक साहरुख खानले लामो समयको विश्रामपछि एकपछि अर्को चलचित्रको छायांकन गरिरहेका छन् । साहरुखले अब पुनेमा अर्को नयाँ चलचित्रको छायांकन सुरु गरेका छन् । चलचित्रको नाम ‘जवान’ राखिएको भारतीय मिडियाले जनाएको छ ।

यशराज ब्यानरको निर्माण तयार भैरहेको चलचित्र ‘पठान’को छायांकन अन्तिम चरणमा पुगेको छ । चलचित्रलाई साउथका सफल निर्देशक एट्ली कुमारले निर्देशन गर्दैछन् । यो चलचित्रको छायांकन शनिबारबाट पुनेको मेट्रो रेलवे स्टेशनबाट सुरु भएको जनाइएको छ । पुनेमा १० दिन छायांकन गरेपछि चलचित्रको टिमले मुम्बइमा काम सुरु गर्नेछ ।

यो चलचित्रमा साउथकी सुपरस्टार नायिका नयनताराले साहरुखसँग रोमान्स गर्नेछिन् भने नायिका प्रियामणीको पनि अभिनय रहनेछ । साउथका निर्देशक र नायिका राखेर साहरुखले यो चलचित्रलाई विभिन्न भाषामा रिलिज गर्ने तयारी गरिरहेका छन् । चलचित्रलाई करिब आधा बर्ष लगाएर खिचिने जनाइएको छ ।

चलचित्रमा साहरुख दोहोरो भूमिकामा देखिदैछन् । यो चलचित्र आर्मीको पृष्ठभूमीमा रहेर निर्माण गरिने मिडियाले उल्लेख गरेका छन् । शनिबार चलचित्रको छायांकन सुरु भएसँगै साहरुखको तस्वीर समेत सामाजिक संजालमा लिक भएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: