मेलम्चीको तीन ठाउँमा पहिरो, हेलम्बु सडक फेरि अवरुद्ध « Nagarik Khabar

मेलम्चीको तीन ठाउँमा पहिरो, हेलम्बु सडक फेरि अवरुद्ध



सिन्धुपाल्चोक । अविरल वर्षासँगै सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१२ र १३ को तीन ठाउँमा पहिरो खसेको छ । पहिराले हेलम्बु सडक फेरि अवरुद्ध भएको छ ।

मेलम्ची–१२ बाहुनेपाटी र १३ मेलम्ची–जिरोकिलो सडक खण्डस्थित फटकशिलामा पहिरो खसेको हो । मेलम्ची इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक टीकाराम राईका अनुसार निरन्तरको वर्षाले पहिरो पन्छाउन नसकिएको बताए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: