कमेडी च्याम्पियनका भरतमणिलाई गृह जिल्लामा स्वागत « Nagarik Khabar

कमेडी च्याम्पियनका भरतमणिलाई गृह जिल्लामा स्वागत



ताप्लेजुङ । कमेडी च्याम्पियन–२ को उत्कृष्ट (फाइनलिष्ट) मा पर्न सफल भरतमणि पौडेललाई गृह जिल्ला ताप्लेजुङमा मंगलवार स्वागत गरिएको छ ।

ताप्लेजुङ–पाँचथरको सीमा क्षेत्र काबेलीबाट मोटरसाइकल -यालीसहित फुङ्लिङ भित्र्याएर तोक्मेडाँडाबाट नौमति बाजा र च्याब्रुङसहित भेषभूषामा सजिएका जिल्लावासीले उनलाई बजार परिक्रमा गराएको थियो ।

कमेडी च्याम्पियन सिजनको दुई को उपाधि चुम्न सक्ने शुभकामना दिँदै ताप्लेजुङका नागरिकले उनलाई फूलमाला, खादा र अबिर प्रदान गरेका थिए । पौडेलले काबेली बजारबाट आर्शिवाद लिँदै फुङलिङ बजार परिक्रमा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: