अब मनले जता भन्यो त्यतै जाने कार, कारमै सिनेमा घर « Nagarik Khabar

अब मनले जता भन्यो त्यतै जाने कार, कारमै सिनेमा घर



एजेन्सी । कस्तो होला हाम्रो सोच अनुसार कारको झ्याल आफैं खुले र बन्द भए । हामीलाई गीत सुन्न मन भए गीत बज्ने र जता मनले चाह्यो त्यतै कार जाने । अहिलेसम्म यस्ता कुरा फिल्ममा मात्र देख्न पाइएको हो । तर मर्सिडिज कम्पनीले वास्तविक जीवनमा नै यसप्रकारको कारको शुरुवात नै गरेको छ । कम्पनीले वियरबल ब्रेन कम्प्युटरले युक्त भिजन एवीटीआर नामक प्रविधिमा यस्तो व्यवस्था गरेको हो । यसमा सबै प्रकारका आधुनिक फिचर प्राप्त गर्न सकन्छि । यस्तो कार जर्मनीको म्यूनिखमा शुरु भएको आइएएए मोबिलिटी अटो शोमा प्रस्तुत गरिएको थियो ।

यो कारमा धेरै प्रकारका फङ्सन मात्र तपाईंको सोचले नियन्त्रण गर्न सक्छ । प्रयोगकर्ताको भियरेबल ब्रेन कम्प्युटर इन्टरफेस लगाएर डिजिटल ब्यासबोर्डमा लगाइएको सेन्सरमा केन्द्रीत हुनुपर्ने हुन्छ । कारेका एआई टेक्नोलोजी दिमागका तरङ्गहरुको विश्लेषण गरी तपाईको फोकस केमा छ भन्ने पत्ता लगाउँदछ । यसैलाई उसले कमाण्डको रुपमा लिन्छ र पहिले राखिएको बाटोको नक्सा अनुसार सवारीलाई पठाइन्छ ।

यो सहरी क्रसओभर कन्सेप्टमा आधारित कम्प्याक्ट कार हो । यसमा प्रोजेक्सन स्क्रीन पनि दिइएको छ । यो आवश्यकता अनुसार ड्यासबोर्ड प्यानलका साथ खुल्ने हुन्छ । यसलाई गेमिङ्ग र मूभीमा बदल्न सक्दछ । यो ७ सेकेण्डमा १ सय किलोमिटरको गति दौडन सक्छ । सिंगल चार्जिङमा ४०० किलोमिटरको रेन्ज दिन्छ । सन् २०२५ सम्ममा यसलाई बजारमा ल्याइने बताइएको छ । यो कारको चर्चा लामो समयदेखि थियो तर मानिसहरुका लागि पहिलो पटक यस शोमा प्रदर्शन गरिएको हो । यसमा स्टेयरिङको स्थानमा ड्राइभरको सीट दुबै तिर जोइस्टिक दिइएको हुन्छ । यसको एयरकन सिस्टम वातावरणबाट लिइएको हावालाई सफा गरेर कारमा पठाउँदछ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: