धुम्रपान नगर्नेहरुमा पनि फोक्सोको क्यान्सर हुने वैज्ञानिकहरुको दाबी « Nagarik Khabar

धुम्रपान नगर्नेहरुमा पनि फोक्सोको क्यान्सर हुने वैज्ञानिकहरुको दाबी



एजेन्सी । धुम्रपान नगर्नेहरुमा पनि फोक्सोको क्यान्सर हुन्छ । अमेरिकी वैज्ञानिकहरुले यसबारे गरेको एक रिसर्चमार्फत यो कुरा पत्ता लगाएका हुन् । रिसर्चले धुम्रपान नगर्नेहरुमा पनि प्राकृतिक रुपमा क्यान्सर हुने जनाएको छ । अमेरिकाको नेशनल क्यान्सर इन्स्टिट्यूटले २३२ यस्ता मानिसहरुमा रिसर्च गरेको थिए जो क्यान्सर रोगसँग लडिरहेका थिए तर उनीहरुले कहिल्यै धुम्रपान गरेका थिएनन् । यी बिरामीको क्यान्सरको ट्यूमरको स्याम्पल लिइएको थियो ।

जाँच पश्चातको रिपोर्टमा शरीरमा आफैं विकसित हुने फोक्सोको क्यान्सरको नयाँ प्रकार पत्ता लागेको थियो । वैज्ञानिकहरुले यसको कारण ‘म्यूटेशनल सिग्नेचर’ अर्थात डीएनएमा कुनै पनि समस्या हुँदा यस्तो भएको वा विरामी कुनै क्यान्सर फैलाउने तत्वको सम्पर्कमा पुगेका कारण भएको जनाएका छन् । यसबारेमा अझै विस्तृत रिसर्चका लागि काम भइरहेको बताइएको छ ।

नेचर जेनेटिक्समा प्रकाशित रिसर्चका अनुसार जो २३२ धुम्रपान नलिने थिए, उनीहरुमा फोक्सोको क्यान्सर भएको थियो ती मध्ये २८ प्रतिशत मात्र बिरामी धुम्रपानको दोस्रो व्यक्तिको दायरामा आएका थिए । अन्य ७२ प्रतिशत बिरामी क्यान्सरको कुन माध्यमको सम्पर्कमा आए भन्ने अझै निक्र्योल भएको छैन । यस्ता विरामीहरुमा क्यान्सर प्राकृतिक रुपमा विकसित भएको मानिएको छ ।

यो भन्दा पहिले सार्वजनिक भएको एक रिसर्चमा धुम्रपान नगर्नेहरुमा क्यान्सरको कारण दोस्रो माध्यम वा प्रदुषण रहेको बताइएको छ । यसबाट निस्किने विषालु तत्व शरीरमा पुगेर क्यान्सरको कारण बन्ने गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: